निर्वाचन सफल बनाउन सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय : गृहमन्त्री

काठमाडौं, चैत ९ : गृहमन्त्री ओमप्रकाश अर्यालले गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मिलाउन सक्रिय सुरक्षाकर्मीहरुको प्रशंसा गरेका छन्।
सोमबार गृह मन्त्रालयमा आयोजित प्रशंसा पत्र वितरण कार्यक्रममा गृहमन्त्री अर्यालले निर्वाचन सफल बनाउन सक्रिय केन्द्रदेखि जिल्ला तहसम्मको सुरक्षा समितिहरु, निर्माण कमाण्ड फोर्स, सुरक्षा सेल र जिम्मेवार सरकारी अधिकारीहरुले खेलेको भूमिका ऐतिहासिक र राज्यका लागि उत्तरदायी भएको बताए।
‘निर्वाचनमा खटिएका अधिकारीहरुको सिर्जनशिलता र क्षमता प्रशंसनीय छ। विगतका कतिपय घट्नाहरु नेतृत्वले घट्नाबारे नबुझिकन निर्देशन दिए होलान । कसैका भनाइहरुलाई स्क्रिनिङ नै नगरी, कुरा नबुझिकन निर्देशन भए होलान । तर यस पटक राम्रोसँग स्क्रिनिङ गरेर, निर्णय पुग्नुभन्दा अगाडि धेरै विचार गरेका छौं, समन्वय गरेका छौं । आइसकेका समन्वयात्मक निर्णयहरुलाई हेरेर काम गरेका छौं, यसमा सबै तहका सुरक्षा निकायहरुको भूमिका उल्लेखनीय छ।’












