रामेछापमा यात्रुवाहक सुमो दुर्घटना, तीन गम्भीरसहित ६ जना घाइते
खाँडादेवी–७ टिमुबाट यात्रु लिएर काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ज ०२२४ नम्बरको सुमो दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा चालकसहित कुल ६ जना घाइते भएका छन्।
रामेछाप, चैत ९ : रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुममा सोमबार बिहान एक यात्रुवाहक सुमो दुर्घटनामा परेको छ।
खाँडादेवी–७ टिमुबाट यात्रु लिएर काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ज ०२२४ नम्बरको सुमो दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा चालकसहित कुल ६ जना घाइते भएका छन्।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका अन्दाजी ६० वर्षीया ठुली तामाङ, अन्दाजी ४५ वर्षीया रिता तामाङ र अन्दाजी ४८ वर्षीया सुनमाया तामाङलाई थप उपचारका लागि तत्काल काठमाडौँ पठाइएको छ।
अन्दाजी २५ वर्षीय चालक किशोर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १४:३४ बजे, सोमबार, चैत ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार