मौसम पूर्वअनुमान र सूचना प्रणाली आधुनिक बनाउन जरुरी छ : मन्त्री सिन्हा
उनले पूर्व सूचना प्रणाली सिस्टमलाई अझ सुदृढ पार्न जोखिमयुक्त समुदायलाई समयमै सूचना पु¥याउने कामलाई प्राथमिकतामा राखेको बताए।
काठमाडौं, चैत ९ : कानुन मन्त्री अनिलकुमार सिन्हाले मौसम सम्बन्धी जानकारी समयमै प्राप्त गर्न पूर्वअनुमान र पूर्वसूचना प्रणालीको भूमिका अत्यन्तै महत्वपूर्ण हुने औंल्याएका छन् ।
विश्व मौसम दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री सिन्हालले हाल चुनौतीको अवस्था रहेको औल्याउँदै जल तथा मौसम सम्म्वैज्ञानिक जानकारी समयमै प्राप्त हुनेगरी पूर्वअनुमान र पूर्वसूचना प्रणालीको भूमिका अयत्नतै जरुरी रहेको बताएका हुन्।
उनले पूर्व सूचना प्रणाली सिस्टमलाई अझ सुदृढ पार्न जोखिमयुक्त समुदायलाई समयमै सूचना पु¥याउने कामलाई प्राथमिकतामा राखेको बताए।
उनले पूर्व अनुमान प्रणाली अझ वैज्ञानिक र प्रभावकारी बनाउन मौसमरविद्हरुको अवलोकन गर्ने उपकर विस्तार साथै सञ्चालन र व्यवस्थापनलाई प्राथमिकतामा राखी आधुनिक प्रविधिको प्रयोग गरेर सत्यतथ्यमा बढी जोड दिएको बताए ।
‘हामीले पूर्वअनुमान प्रणाली अझ विश्वसनीय वैज्ञानिक र प्रभावकारी बताउन जल, मौसम, जलवायु र हिउँको अवलोकन गर्ने उपकण विस्तार वा सञ्चालन र व्यवस्थापनलाई प्राथमिकतामा राखी आधुनिक प्रविधिको प्रयोग गरी पूर्वाधार विस्तार तथा सत्यतथ्यमा बढी जोड दिरहेको छै,’ उनले भने ।
विपत् व्यवस्थापन कृषि जलस्रोत व्यवस्थापन ऊर्जा उत्पादन पर्यटन, यातायात स्वास्थ्य तथा भौतिक पूर्वाधार क्षेत्र लगायतका अन्य क्षेत्रहरूमा यी सेवामा प्रत्यक्ष असर परी रहेको उनले बताए । जल तथा मौसम व्यवस्थाको आधुनीकीकरण आजको अपरिहार्य अवस्था रहेको उनले बताए ।












