Kathmandu Press

हरिसिद्धिमा इँटाभट्टाको पर्खाल भत्किँदा, १ जनाको मृत्यु, ४ घाइते

हरिसिद्धिमा इँटाभट्टाको पर्खाल भत्किँदा, १ जनाको मृत्यु, ४ घाइते

काठमाडौं, चैत ८ : ललितपुरको हरिसिद्धिमा इँटाभट्टाको पर्खाल भत्किँदा १ जनाको मृत्यु भएको छ । त्यस्तै घटनामा परी ४ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। 

आइतबार बिहान १०:१० बजेतिर होसना इँटाभट्टाको पर्खाल भत्किएको हो। 

Hardik ivf

पर्खाल भत्किँदा ५ जना श्रमिक च्यापिएका थिए भने १ जनाको उपचारका क्रममा मृत्यु भएको परिसरका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए।

इँटाभट्टामा काम गर्ने रुकुमकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको हो । प्रहरीका अनुसार मेडिसिटी अस्पतालमा उपचारका क्रममा साढे १० बजेतिर उनको मृत्यु भएको एसपी गौतमले बताए । 

त्यस्तै रुकुमकै २७ वर्षीया जानकारी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल घाइते भएका छन् ।

जानकी चन्दलाई थप उपचारका लागि काठमान्डु मोडेल अस्पताल रिफर गरिएको छ। 

प्रकाशित मिति: १४:३८ बजे, आइतबार, चैत ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्