Kathmandu Press

कोशी एक्सिलेन्स अवार्ड सम्पन्न, ‘सकारात्मक सन्देश दिने मञ्च’: मुख्यमन्त्री कार्की

इटहरीमा शनिबार आयोजित अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो कार्यक्रमले आफूलाई थप सकारात्मक ऊर्जा प्रदान गरेको उल्लेख गरे । उनले मिडिया क्षेत्रसँग सहकार्य गर्दै प्रदेश सरकारले विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै सङ्घीय संरचनाले देशलाई अझ मजबुद बनाएको बताए ।
कोशी एक्सिलेन्स अवार्ड सम्पन्न, ‘सकारात्मक सन्देश दिने मञ्च’: मुख्यमन्त्री कार्की

विराटनगर, चैत ८ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन् ।

इटहरीमा शनिबार आयोजित अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो कार्यक्रमले आफूलाई थप सकारात्मक ऊर्जा प्रदान गरेको उल्लेख गरे । उनले मिडिया क्षेत्रसँग सहकार्य गर्दै प्रदेश सरकारले विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै सङ्घीय संरचनाले देशलाई अझ मजबुद बनाएको बताए । नयाँ जनादेशले विकासका लागि नयाँ ढोका खोलेको उल्लेख गर्दै उनले विगतका कमजोरी सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली ले यस्ता कार्यक्रमले प्रदेश सरकारलाई समेत ऊर्जा प्रदान गरेको बताए । यस्तै उद्योग, कृषि तथा सहकारी मन्त्री इर्साइल मन्सुरीले कार्यक्रममा सहभागिता जनाउन पाउँदा खुसी व्यक्त गर्दै सहयोगको प्रतिबद्धता जनाए ।

Hardik ivf

अवार्ड समारोहमा कृषि विधातर्फ डिल्लीराज उप्रेती, शिक्षा विधातर्फ उमेश श्रेष्ठ, स्वास्थ्य विधातर्फ डा वीरेन्द्र विष्ट, सामाजिक विधातर्फ दिनबन्धु गोयल, पत्रकारिता विधातर्फ अखण्ड भण्डारी, साहित्य विधातर्फ अनिल पौडेल, खेलकुद विधातर्फ अञ्जिला तुम्बापो सुब्बा, सूचना प्रविधि विधातर्फ सरोज राउत, अटो मोबाइल विधातर्फ विष्णुकुमार अग्रवाल, संगीत विधातर्फ प्रमोद खरेल, बैंकिङ विधातर्फ सन्तोष कोइराला, इन्सोरेन्स विधातर्फ सन्तोष प्रसाई, पुँजी बजार विधातर्फ चूडामणि चापागाईं, कर्पोरेट विधातर्फ मोती दुगड, उद्यमशीलता विधातर्फ रक्तिम जोशी प्याकुरेल तथा स्टार्टअप विधातर्फ नरकुमार श्रेष्ठ लाई अवार्ड प्रदान गरिएको थियो ।

यसैगरी जनता बहुमुखी क्याम्पस, डा. कृष्णप्रसाद तिम्सिना, राजन श्रेष्ठ, डा. कृष्ण दुलाल, राजकुमार कार्की, रमण नेपाल, डा. सादर खड्का, तुलसीप्रसाद घिमिरे र टेकनाथ सिटौलालाई विशेष सम्मान प्रदान गरिएको छ ।

कार्यक्रमका मुख्य सल्लाहकार महाप्रसाद अधिकारीले यस्ता कार्यक्रम निरन्तर रूपमा आयोजना हुनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले कोशी सरकारले आमसञ्चार विधेयक फिर्ता लिएकोमा आभार व्यक्त गर्दै अवार्डले सकारात्मक ऊर्जा प्रदान गरेको बताए ।

सोही अवसरमा नयन मिडिया फाउन्डेसन ले दुर्घटना बिमा कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहाल, महासंघ कोशीका अध्यक्ष भरत खड्का र इन्सोरेन्स प्रतिनिधि भेषराज थापा बिच सम्झौता भएको छ ।

त्यसैगरी, प्रदेशखबर डटकम ले सञ्चालन गरेको निर्वाचन विशेष कार्यक्रममा उत्कृष्ट रिपोर्टिङ गर्ने दुई पत्रकारलाई पनि सम्मान गरिएको छ । जसमा विराटनगरबाट किशोर बुढाथोकी र झापाबाट सुरेन्द्र भण्डारी नगदसहित पुरस्कृत भएका छन् ।

नयन मिडिया फाउन्डेसनको आयोजनामा इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेल मा सम्पन्न उक्त कार्यक्रमले कोशी प्रदेशका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई एउटै मञ्चमा सम्मान गर्दै प्रदेशको पहिचान, सम्भावना र सिर्जनशीलतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्य राखेको फाउन्डेसनका अध्यक्ष पवन अधिकारी ले जानकारी दिएका छन् ।

प्रकाशित मिति: ०८:२१ बजे, आइतबार, चैत ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्