Kathmandu Press

आजको मौसम : आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

कोशी, मधेश र बागमती प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आँशिक बादल लागेको छ । कोशी र मधेश प्रदेशका केहि स्थानहरूमा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मध्यम सम्मको वर्षा र हिमपात भईरहेको छ ।
आजको मौसम : आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, चैत ८ : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली साथै स्थानीय वायूको प्रभाव रहेको छ ।

कोशी, मधेश र बागमती प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आँशिक बादल लागेको छ । कोशी र मधेश प्रदेशका केहि स्थानहरूमा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मध्यम सम्मको वर्षारहिमपात भईरहेको छ ।

Hardik ivf

आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आँशिक बादल लाग्नेछ । देशको पहाडी र हिमाली भुभागका थोरै स्थानहरू तथा कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राती देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी भूभागमा आँशिक बादल लाग्नेछ तथा बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति: ०८:०८ बजे, आइतबार, चैत ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्