Kathmandu Press

रोटरी नेपाल भुटानका आगामी कार्यकालका पदाधिकारीलाई एक दिने कार्यशाला

कार्यशालाले आगामी रोटरी वर्षका लागि असिस्टेन्ट गभर्नर तथा डिष्ट्रिक्ट टिमका सदस्यहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै रोटरीका लक्ष्य, योजना र कार्यान्वयनलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको डिष्ट्रिक्ट गभर्नर इलेक्ट विष्णु बहादुर कार्कीले बताए ।  
रोटरी नेपाल भुटानका आगामी कार्यकालका पदाधिकारीलाई एक दिने कार्यशाला

काठमाडौं, चैत ८ : ‘रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२, नेपाल भुटान’ अन्तर्गत आगामी कार्यकाल (२०२६/२७) का पदाधिकारीहरूलाई आफ्ना योजना बनाउन र सफलतापूर्वक कार्यान्वयन गर्न सघाउने उद्देश्यले काठमाडौँमा एक दिने कार्यशाला “असिस्टेन्ट गभर्नर लर्निङ सेमिनार” र “डिष्ट्रिक्ट टिम लर्निङ सेमिनार” सम्पन्न भएको छ । 

कार्यशालाले आगामी रोटरी वर्षका लागि असिस्टेन्ट गभर्नर तथा डिष्ट्रिक्ट टिमका सदस्यहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै रोटरीका लक्ष्य, योजना र कार्यान्वयनलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको डिष्ट्रिक्ट गभर्नर इलेक्ट विष्णु बहादुर कार्कीले बताए ।  

Hardik ivf

आगामी रोटरी वर्ष २०२६–२७ का कार्यक्रमबारे डिष्ट्रिक्ट गभर्नर इलेक्ट विष्णु बहादुर कार्कीले विस्तृत जानकारी दिए । साथै, इन्टरनेशनल पास्ट डिष्ट्रिक्ट गभर्नर तथा डिष्ट्रिक्ट लर्निङ फेसिलिटेटर राजेन्द्र मान शेरचनले कार्यक्रमका मुख्य विशेषताहरू प्रस्तुत गरेका थिए । 

प्लेनरी सत्रमा “रोटरीबारे कसरी बोल्ने, रोटरीको छवि निर्माण, मूल्य र संस्कृति” विषयमा छोङ्वा शेर्पाले प्रस्तुति दिएका थिए । त्यसपछि “रोटरी फाउन्डेसनको विकास र डिष्ट्रिक्टलाई सहयोग” विषयमा पीडीजी तथा असिस्टेन्ट रिजनल मेम्बरशिप कोअर्डिनेटर जितेन्द्र बहादुर राजभण्डारीले सहजीकरण गरेका थिए । 

असिस्टेन्ट गभर्नरहरूको भूमिका र जिम्मेवारी, क्लबलाई सहयोग गर्ने तरिका, डिष्ट्रिक्ट टिमसँग काम गर्ने शैली, लक्ष्य निर्धारण तथा केस स्टडीज लगायत विषयमा डा. दिनेश मानन्धर, डा. ध्रुव प्रसाद आचार्य, डा. निर्मल रिजाल र दीपक राजभण्डारीले सहजीकरण गरेका थिए । 

डिष्ट्रिक्ट कमिटीका भूमिका, क्लब सपोर्ट, टिम वर्क, लक्ष्य निर्धारण तथा केस स्टडीज सम्बन्धी विषयमा जयन्द्र रिमाल, हिरा शर्मा नेपाल, लक्ष्मण ज्ञवाली र राजेश थापाले प्रस्तुति दिए । 

समान विषयहरू फरक संरचनामा प्रस्तुत गरिएको थियो, जहाँ लक्ष्मण ज्ञवाली, राजेश थापा, जयन्द्र रिमाल र हिरा शर्मा नेपालले सहजीकरण गर्नुभएको डिष्ट्रिक्ट गभर्नर बिनोद कोइरालाले बताए । कार्यशालाबाट प्राप्त सिकाइले आगामी कार्यकालमा के गर्ने र कसरी गर्ने भन्ने विषयमा थप स्पष्टता ल्याएको सहभागीहरूको भनाइ छ।

कार्यक्रममा ४३ जना असिस्टेन्ट गभर्नर तथा करिब सय जना पदाधिकारी एवं काउन्सिल अफ गभर्नर गरी  करिब १ सय ४० जना उपस्थित भएको डिस्ट्रीक सेक्रेटरी गौतम श्रेष्ठले बताए ।

प्रकाशित मिति: ०७:१४ बजे, आइतबार, चैत ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्