इद पर्वले आपसी सद्भाव र एकताको भावना अझ सुदृढ बनाउने विश्वास छ : प्रधानमन्त्री कार्की
उनले यस पर्वले नेपालीबिच आपसी सम्मान, सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्दै राष्ट्रको समृद्धि र स्थायित्वमा योगदान पु¥याओस् भन्ने कामना समेत गरेकी छन्।
काठमाडौं, चैत ७ : प्रधानमन्त्री सुशीला कार्कीले इद उल फित्रको अवसरमा देश-विदेशमा रहेका सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना व्यक्त गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुक मार्फत शनिबार प्रधानमन्त्री कार्कीले शुभकामना व्यक्त गर्दै इद उल फित्रले आपसी सद्भाव र एकताको भावना अझ सुदृढ बनाउने विश्वास रहेको बताइन्।
‘रमजानको महिना दिन लामो एवं कठिन व्रतले हामीलाई सहनशीलता, सहिष्णुता, त्याग र मानवताप्रतिको समर्पणको सन्देश दिन्छ। त्यही पवित्र महिमाकै कारण रमजानको रोजा बस्ने यस समयलाई सत्कर्म र संयमको महिना पनि भनिएको हो । यी मूल्यहरूले हाम्रो समाजलाई मानव मूल्यको महसुस, सहअस्तित्व र समृद्धिका लागि प्रेरणा प्रदान गर्छन् । इद उल फित्रले आपसी सद्भाव, भाइचारा र एकताको भावना अझ सुदृढ बनाउने विश्वास लिएकी छु,’ उनले लेखेकी छन्।
उनले यस पर्वले नेपालीबिच आपसी सम्मान, सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्दै राष्ट्रको समृद्धि र स्थायित्वमा योगदान पु¥याओस् भन्ने कामना समेत गरेकी छन्।










![कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_a79db51e-1774083639.jpg)
![इनिशा विकको न्यायको लागि माइतिघरमा धर्ना [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-6_b7c740f5-1774078171.jpg)
