Kathmandu Press

कोशी एक्सिलेन्स अवार्ड २०२६ आज हुँदै

नयन मिडिया फाउन्डेसन को आयोजनामा हुने यस अवार्ड समारोहमा कोशी प्रदेशभर विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्व तथा संस्थालाई १६ विधामा अवार्ड तथा १० क्षेत्रमा विशेष सम्मान प्रदान गरिनेछ।
कोशी एक्सिलेन्स अवार्ड २०२६ आज हुँदै

सुनसरी,चैत ७ : कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ आज इटहरीमा आयोजना हुँदैछ।

कार्यक्रम इटहरीस्थित सोल्टी वेस्टेन्ड होटल मा भव्य रूपमा सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यक्रमका निर्देशक दिपक थापाका अनुसार अवार्ड समारोहको सम्पूर्ण तयारी पूरा भइसकेको छ।

नयन मिडिया फाउन्डेसन को आयोजनामा हुने यस अवार्ड समारोहमा कोशी प्रदेशभर विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्व तथा संस्थालाई १६ विधामा अवार्ड तथा १० क्षेत्रमा विशेष सम्मान प्रदान गरिनेछ।

Hardik ivf

अवार्डका विधाहरूमा कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, पत्रकारिता, साहित्य, खेलकुद, सूचना प्रविधि, अटोमोबाइल, संगीत, बैंकिङ, इन्सोरेन्स, पुँजी बजार, कर्पोरेट, उद्यमशीलता र स्टार्टअप लगायतका क्षेत्र समेटिएका छन्।

कार्यक्रम कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की को प्रमुख आतिथ्यतामा हुने बताइएको छ। साथै, प्रदेश सरकारका मन्त्रीहरू, विशिष्ट व्यक्तित्वहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहनेछ।

आयोजकका अनुसार कार्यक्रममा करिब पाँच सयभन्दा बढी विशिष्ट व्यक्ति, व्यवसायी, समाजसेवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रमले कोशी प्रदेशका प्रतिभा, सिर्जनशीलता र योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म प्रवर्द्धन गर्ने लक्ष्य राखेको निर्देशक थापाले जानकारी दिएका छन्।

अवार्ड समारोह कान्तिपुर टेलिभिजन, विराट टेलिभिजन र सप्तकोशी टेलिभिजन बाट प्रत्यक्ष प्रसारण हुने छ। साथै, मुख्य साझेदार प्रदेशखबर डटकम को फेसबुक पेजमार्फत पनि लाइभ प्रसारण गरिनेछ।

यसअघि फागुन ७ गतेका लागि तय गरिएको कार्यक्रम निर्वाचन आचारसंहिताका कारण स्थगित भई आज आयोजना हुन लागेको हो।

प्रकाशित मिति: ०७:४२ बजे, शनिबार, चैत ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्