श्रम गन्तव्य मुलुकहरूमा अवस्था सामान्य बन्दैछ, उडानमा सहजीकरण गरिरहेका छौं : मन्त्रालय
मन्त्रालयले श्रम गन्तव्य मुलुकहरूमा अवस्था बिस्तारै सामान्य बन्दै गएसँगै श्रम स्वीकृतिसम्बन्धी कामहरुका लागि सम्पर्क गर्नेहरुको संख्या बढेको जनाएको छ।
काठमाडौं, चैत ६ : परराष्ट्र मन्त्रालयले पश्चिम एसियाली देशहरुमा अवस्था सामान्य बन्दै गएको दाबी गरेको छ। मन्त्रालयले श्रम गन्तव्य मुलुकहरूमा अवस्था बिस्तारै सामान्य बन्दै गएसँगै श्रम स्वीकृतिसम्बन्धी कामहरुका लागि सम्पर्क गर्नेहरुको संख्या बढेको जनाएको छ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव रामकाजी खड्काले पश्चिम एसियाली श्रम मुलुकमा हालको अवस्था सामान्य बन्दै गएका कारण श्रम स्वीकृतिको विषयमा जानकारी लिनेहरुको संख्या बढेको जानकारी दिए।
मन्त्रालयले नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्समार्फत दमाम, दुबई, मस्कट, दोहा, शारजाह र अबुधाबी जस्ता गन्तव्यमा यथाशीघ्र उडान सञ्चालनका लागि अनुमति प्रक्रिया अगाडि बढाउन नागरिक उड्डयन प्राधिकरण क्यानलाई सिफारिस गरिसकेको उनले जानकारी दिए । यसका लागि आवश्यक पत्राचार भइरहेको बताए।
उनले आपतकालीन अवस्थालाई मध्यनजर गर्दै इमर्जेन्सी कन्ट्रोल रुम सञ्चालनका लागि तयार गरिएको स्ट्यान्डर्ड अपरेटिङ प्रोसेड्योर अनुमोदन भई कार्यान्वयनका लागि परराष्ट्र मन्त्रालयमा पठाइएको र त्यसको कार्यान्वयन प्रक्रिया जारी रहेको जानकारी दिए।
नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८२ चैत्र ३ गतेबाट पश्चिम एसीयाली श्रम मुलुकमा हालको परिस्थतीमा सुधार नभएसम्म श्रम स्कृती गर्ने कार्य स्थगित गरेको उनले बताए।
विशेष गरी इजरायल (इरान द्वन्द्वसँग प्रत्यक्ष रूपमा जोडिएका क्षेत्र तथा कुवेत, बहराइन र इराकमा आकाश मार्ग पूर्ण रूपमा नखुलेको अवस्था बाहेक अन्य स्थानमा हवाई सेवा सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सले पश्चिम एसियाका प्रमुख शहरहरूमा उडान सञ्चालनका लागि अनुमति (पर्मिट)पाउने प्रक्रिया छिटो अघि बढाउन आग्रह गरिएको छ । मन्त्रालयले यात्रुले हवाई भाडा बेहोर्ने गरी उडान सञ्चालन गरिन क्यानलाई आवश्यक समन्वय गरी द्रुत रूपमा पर्मिट प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ।












