Kathmandu Press

रक्षा बममाथि दुर्व्यवहार गरेको भन्दै नेपाल जेनजी फ्रन्टले गर्यो भर्त्सना

शुक्रबार विज्ञप्ति जारी गर्दै फ्रन्टले आफ्ना संयोजकमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको हो।
रक्षा बममाथि दुर्व्यवहार गरेको भन्दै नेपाल जेनजी फ्रन्टले गर्यो भर्त्सना

काठमाडौं, चैत ६ : नेपाल जेनजी फ्रन्टले काठमाडौंको माइतीघरमा प्रदर्शनका लागि पुगेकी संयोजक रक्षा बममाथि दुर्व्यवहार गरेको घटनामा आपत्ति जनाएको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै फ्रन्टले आफ्ना संयोजकमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको हो। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी अगुवाहरू ६ दिनदेखि माइतीघरमा प्रदर्शनरत छन्। त्यही प्रदर्शनको क्रममा रक्षा बमविरूद्ध आन्दोलनका घाइते अगुवाहरूले नाराबाजी गरेका थिए ।

Hardik ivf

‘बिहीबार शान्तिपूर्ण प्रदर्शनको क्रममा यस फ्रन्टकी संयोजक रक्षा बममाथि भएको दुव्र्यवहारको हामी घोर भत्र्सना गर्दछौं, नेपालको संविधानले प्रत्येक नागरिकलाई बिना हातहतियार शान्तिपूर्वक भेला हुने तथा विचार र अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गरेको छ। संवैधानिक अधिकारको प्रयोग गर्दै सत्य र न्यायको आवाज उठाइरहेकी एक आन्दोलनकारीमाथि यसप्रकारको आक्रमण एक सभ्य लोकतान्त्रिक समाजमा कदापि सह्य हुन सक्दैन,’ फ्रन्टले भनेको छ।

फ्रन्टले आन्दोलनकारीमाथि दुव्र्यवहार गर्दा आन्दोलन थप कमजोर बनाउने बताएको छ। 

‘यस आन्दोलनका सबै पात्रहरू घाइते, सहिद परिवार, आन्दोलनकारी र अगुवाहरू सबै एउटै यात्राका साझेदार हौं। यो यात्रामा असहमति हुन सक्छ। प्रश्न उठ्न सक्छन्। पीडाले कहिलेकाहीँ आक्रोशको रूप लिनसक्छ । तर यी प्रश्नहरूको उत्तर एकअर्कामाथि नभई राज्यसँग खोजिनुपर्छ,’ फ्रन्टले भनेको छ, ‘राज्यले अझैसम्म सत्य लुकाएर बसेको छ। जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नहुने सम्भावना बढ्दै गइरहेको छ। यस्तो अवस्थामा एक आन्दोलनकारीमाथि भएको दुव्र्यवहार र आक्रमणले आन्दोलनलाई थप कमजोर बनाउनेछ।’

प्रकाशित मिति: १४:३८ बजे, शुक्रबार, चैत ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्