सर्लाहीमा पोखरीमा डुबेर एक जनाको मृत्यु
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहीबार दिउँसो करिब १ बजेतिर ती युवक पोखरीमा डुबेर बेपत्ता भएका थिए।
सर्लाही, चैत ६ : सर्लाहीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको मलंगवा नगरपालिका–२ स्थित नासी पोखरीमा डुबेर कौडेना गाउँपालिका–२ इनर्वा निवासी २८ वर्षीय प्रेम कुमार यादवको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहीबार दिउँसो करिब १ बजेतिर ती युवक पोखरीमा डुबेर बेपत्ता भएका थिए। स्थानीयले युवकलाई पोखरीमा डुब्दै गरेको देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए।
त्यसपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा खोजी कार्य थालेका थिए।
खोजीका क्रममा नभेटिएपछि अन्ततः स्थानीयको सहयोगमा माछा मार्ने जाल प्रयोग गरी साँझ करिब साढे ५ बजेतिर शव फेला पारिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: ०९:१४ बजे, शुक्रबार, चैत ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












