Kathmandu Press

हल सिटीका दुई खेलाडीमा देखियो कोरोना

काठमाडौं, जेठ १२ : इंग्ल्यान्डको दोस्रो डिभिजन क्लब हल सिटीका दुई खेलाडीमा कोरोना भाइरसको संक्रमण भएको छ। क्लबले एक विज्ञप्ति निकाल्दै आफ्नो दुई खेलाड....

हल सिटीका दुई खेलाडीमा देखियो कोरोना
एजेन्सी

काठमाडौं, जेठ १२ : इंग्ल्यान्डको दोस्रो डिभिजन क्लब हल सिटीका दुई खेलाडीमा कोरोना भाइरसको संक्रमण भएको छ। क्लबले एक विज्ञप्ति निकाल्दै आफ्नो दुई खेलाडीको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको पुष्टि गरेको छ।

कोरोनाका कारण रोकिएको लिग पुनः सुरु गर्ने तयारीका लागि इंग्लिस फुटबल लिगले दोस्रो डिभिजनका एक हजारभन्दा बढी खेलाडी तथा पदाधिकारीको कोरोना परीक्षण गरेको थियो। त्यहि क्रममा हल सिटीका दुई खेलाडीमा कोरोना संक्रमण दखिएको हो।

दुवै खेलाडी सेल्फ आइसोलेसनमा रहेको हल सिटीले जनाएको जनाएको छ। यसअघि प्रिमियर लिगका ६ खेलाडीमा कोरोना देखिएको थियो।

अघिल्लो साता चार र आइतबार दुई खेलाडीमा कोरोना देखिएको थियो। आइतबार कारोना देखिएकामध्ये एक खेलाडी बोर्ने माउथको भएको बताइएको छ।

प्रकाशित मिति: १०:१८ बजे, सोमबार, जेठ १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्