११० जना समानुपातिक सांसदले बुझे प्रमाणपत्र

काठमाडैं, चैत ५ : फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गतको समानुपातिक निर्वाचन प्रणालि मार्फत निर्वाचित भएका सांसदहरुले प्रमाणपत्र बुझेका छन् ।
निर्वाचन आयोगमा आज आयोजना गरिएको कार्यक्रममा विभिन्न छ दलबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका ११० जना सांसदहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।
आयोगले गत सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो । सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार–चार जना सांसद निर्वाचित भएका छन् ।
निर्वाचन आयोगलेआजै प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने भएको छ।












