Kathmandu Press

गगन थापाको राजिनामा पत्रमा के छ ?

गगन थापाको राजिनामा पत्रमा के छ ?

काठमाडौं, चैत ५ : बदलिएको कांग्रेस सभापति गगन थापाले आफूले दिएको राजीनामाको निर्णय पराजित मानसिकताबाट नआएको बताएका छन् ।

उनले बुधबार उपपसभापति विश्वप्रकाश शर्मालाई बुझाएको राजीनामा पत्रमा राजीनामाको कारणहरु उल्लेख गरेका छन् । ‘मेरो यो निर्णय कुनै पराजित मानसिकताको उपज होइन, बरु लोकतान्त्रिक संस्कारमा परिणामको जिम्मेवारी लिनु नेतृत्वको कर्तव्य पनि हो भन्ने जिम्मेवारीबोधको अभिव्यक्ति हो,’ थापाको राजीनामा पत्रमा छ।

Hardik ivf


चुनावमा इतिहासकै सर्वनाक हार बेहोरे पनि थापालाई नैतिकताको आधारमा राजिनामा दिनु पर्ने चौथर्फि दववा परेको थियो । उनले समानुपातिको सुची निर्वाचन आयोगमा बुझाएर निर्वाचन आयोगले अन्तिम टङुगो लगाएपछि राजिनामा बुझाएका हुन् । नेपाली कांग्रेसको समानुपतिको सुचीमा उनका ससुरा अर्जुननरसिह केसी पनि छन्। 

उनले आफ्नो जिम्मेवारी निर्वाह गर्दा वा कुनै निर्णय लिँदा देश, लोकतन्त्र र पार्टीको हितमा उचित ठानेका निर्णयहरू नै गरेको दाबी गरेका छन् । उनले सभापतिबाट राजीनामा दिए पनि पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट आफू अलग नभएको उल्लेख गरेका छन्।

‘आज मैले पार्टीको सभापति पदबाट राजीनामा दिने निर्णय गरेको हुँ, तर पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट अलग भएको छैन,’ उनले पत्रमा भनेका छन्, ‘आगामी दिनहरूमा म देशका विभिन्न भागमा पुगेर पार्टीका साथीहरूसँग र आम नागरिकसंग संवाद गर्नेछु, उहाँहरूको भावना बुझ्नेछु र सुझाव सुन्नेछु । नेपाली कांग्रेसको पुनर्निर्माण तथा सुदृढीकरणको यात्रामा सक्रिय रूपमा थप उर्जाका साथ संलग्न रहनेछुGagan-thapa-2-1024x500-1768137870.jpg
।’

प्रकाशित मिति: १२:२८ बजे, बिहीबार, चैत ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्