कांग्रेस सभापति थापाले दिए राजीनामा
थापाले दिएकाे राजीनामा शुक्रबारको केन्द्रीय समितिले स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा छलफल र निर्णय गर्नेछ।
काठमाडौं, चैत५ : कांग्रेस सभापति गगन थापाले राजीनामा दिएका छन् ।
उनले उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार राजीनामा दिएका हुन् ।
थापाले दिएको राजीनामा शुक्रबारको केन्द्रीय समितिले स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा छलफल र निर्णय गर्नेछ।
थापाले दिएको राजीनामाका सम्बन्धमा आगामी केन्द्रीय समितिको बैठकमा छलफल हुनेछ । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेपछि पार्टीभित्रैबाट उनको राजीनामा माग भएको थियो ।
उनी सर्लाही–४ बाट पराजित भएलगत्तै उपसभापति शर्मालाई भेटेर राजीनामा दिने चर्चा चलेको थियो ।
प्रकाशित मिति: ०७:३० बजे, बिहीबार, चैत ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












