डीपी अर्याल केपी ओलीलाई भेट्न भक्तपुरस्थित गुण्डु निवासमा
पितृशोकमा रहेका ओलीलाई समवेदना व्यक्त गर्न उपसभापति अर्याल निवासमै पुगेका हुन्।
काठमाडौं, चैत ४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल, नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उनको भक्तपुरस्थित गुण्डु निवासमा पुगेका छन्।
पितृशोकमा रहेका ओलीलाई समवेदना व्यक्त गर्न उपसभापति अर्याल निवासमै पुगेका हुन्।
सो अवसरमा उनले दिवंगत ओलीका पिता मोहनप्रसाद ओलीको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए। साथै उनले शोकसन्तप्त ओली परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।
प्रकाशित मिति: १५:५८ बजे, बुधबार, चैत ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-ink-1740145376.jpeg)
