इरानविरुद्ध अमेरिकी–इजरायली सैन्य कारबाही राम्ररी अघि बढिरहेको छ : ट्रम्प

एजेन्सी, चैत ४ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले सञ्चालन गरिरहेको सैन्य कारबाही राम्ररी अघि बढिरहेको बताएका छन्। उनले इरानलाई कुनै पनि हालतमा परमाणु हतियार प्राप्त गर्न नदिनुपर्ने चेतावनीसमेत दिएका छन्।
मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै ट्रम्पले हालसम्मका आक्रमणबाट इरानलाई ठूलो क्षति पुगेको दाबी गरे । उनका अनुसार अहिलेको बमबारीबाट भएको क्षतिलाई पुनःनिर्माण गर्न इरानलाई कम्तीमा १० वर्ष लाग्नेछ ।
‘हामीले राम्रो काम गरेका छौं। उनीहरू अहिले नै पछि हटे पनि क्षति पूर्ति गर्न दशक लाग्छ,’ उनले भने।
ट्रम्पले भविष्यमा यस्तो अवस्था फेरि नदोहरियोस् भन्ने सुनिश्चित गर्न थप कडा र स्थायी कदम आवश्यक रहेको पनि उल्लेख गरे । उनले इरानमाथि थप दबाब कायम राख्नुपर्ने धारणा व्यक्त गरे।
यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि इरान क्षेत्रमा सक्रिय विभिन्न मिलिसिया समूह र आतंकवादी संगठनहरूबाट खतरा रहेको भन्दै त्यस्ता समूहहरूलाई निस्तेज पार्न आवश्यक रहेको बताए । ‘त्यहाँ धेरै आतंकवादी गतिविधि छन, हामीले भेटिएसम्म त्यस्ता समूहहरूलाई समाप्त गर्नुपर्छ,’ उनले भने।
अमेरिकी र इजरायली फौजले हाल इरानका सैन्य संरचना तथा मिसाइल अड्डाहरूमा लक्षित आक्रमण जारी राखेका छन्। अमेरिकी सेनाले इरानको हर्मुज जलमार्ग मध्य नजिकैका कडा संरचनायुक्त मिसाइल अड्डाहरूमा ५,००० पाउन्ड तौलका ‘डीप पेनेट्रेटर’ बम प्रयोग गरी आक्रमण गरेको जनाएको छ।
हाल मध्यपूर्व क्षेत्रमा तनाव चर्किँदै गएको छ भने यसले अन्तर्राष्ट्रिय सुरक्षा र ऊर्जा आपूर्तिमा समेत प्रभाव पार्न सक्ने चिन्ता बढ्दै गएको छ ।









![यसरी हुँदै छ नयाँ सांसदहरुको पहिलो बैठकका लागि अस्थायी बैठक कक्षको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-45_5503a18f-1773839671.png)
![टुँडिखेलमा घोडेजात्राकाे राैनक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_9ac6e447-1773838191.jpg)

