आज घोडेजात्रा पर्व मनाइँदै
टुँडिखेलको पूर्व–दक्षिण दिशामा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेपछि घोडाको टापले कुल्चिने परम्पराका रुपमा घोडे जात्रा मनाउने गरिएको विश्वास छ।-ink-1742913549.jpeg)
काठमाडौं, चैत ४ : आज घोडेजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा मनाउने गरिएकाे छ।
नेपाली सेनाबाट आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गर्नेछ।
टुँडिखेलको पूर्व–दक्षिण दिशामा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेपछि घोडाको टापले कुल्चिने परम्पराका रुपमा घोडे जात्रा मनाउने गरिएको विश्वास छ।
आजकै दिन ललितपुरमा पनि एउटा घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ।
सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।
प्रकाशित मिति: १०:१२ बजे, बुधबार, चैत ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-ink-1742913549.jpeg)





-ink-1742913549.jpeg)

