Kathmandu Press

राष्ट्रपतिद्वारा केपी ओलीका परिवारप्रति समवेदना व्यक्त

शोकको यस घडीमा उनले शोकाकुल परिवारजन, विशेषगरी अध्यक्ष ओली र उनका आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक सहानुभूति व्यक्त गरे। 
राष्ट्रपतिद्वारा केपी ओलीका परिवारप्रति समवेदना व्यक्त

काठमाडौं, चैत ३ : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। राष्ट्रपति पौडेल आज ओली निवासमा पुगी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन्।

शोकको यस घडीमा उनले शोकाकुल परिवारजन, विशेषगरी अध्यक्ष ओली र उनका आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक सहानुभूति व्यक्त गरे। 

९७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएका मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रपतिले उनको राष्ट्रिय राजनीति तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गरेका छन। उनले ओलीको निधनबाट समाजले एक अभिभावक गुमाएको उल्लेख गरे।

अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको फागुन २९ गते नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

प्रकाशित मिति: १६:२९ बजे, मंगलबार, चैत ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्