हराएका आमा छोरीको शव भेटियो, छोरा अझै बेपत्ता
आइतबार बिहान आशा छोराछोरीसहित बेपत्ता भएकी थिइन्। ३८ वर्षीया मायाको आइतबार बेलुका र ११ वर्षीया आशाको मंगलबार बिहान शव फेला परेको हो।
सुर्खेत, चैन ३ : आइतबारदेखि दुई छोराछोरीसहित हराएकी सुर्खेत गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी माया कठायत र छोरी आशा कठायतको शव फेला परेको छ भने पाँच वर्षीय छोरा दीपक कठायत अझै बेपत्ता छन्।
आइतबार बिहान आशा छोराछोरीसहित बेपत्ता भएकी थिइन्। ३८ वर्षीया मायाको आइतबार बेलुका र ११ वर्षीया आशाको मंगलबार बिहान शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।
मायाको शव लेकबेशी नगरपालिका–३ को पटारेमा र आशाको गुर्भाकोट–१३ मसानघाट नजिकै माछा पार्ने जालमा फेला परेको हो थापाले बताए।
‘बेपत्ता आमा र छोरीको लास भेटिएको र पाँच वर्षीय छोरा दीपक कठायतको खोजी भइरहेको उनले जानकारी दिए।
प्रकाशित मिति: ११:०६ बजे, मंगलबार, चैत ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











