Kathmandu Press

कोशी एक्सिलेन्स अवार्डका सहभागीलाई सोल्टी वेस्टेन्डको विशेष सुविधा

चैत ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्डमा आयोजना हुने कार्यक्रममा सहभागी हुन रजिस्ट्रेशन गर्ने सबै अतिथिलाई आयोजकको हस्पिटालिटी पार्टनर सोल्टी वेस्टेन्ड होटेलले ‘सोल्टी हेरिटेज क्लब’ को विशेष सदस्यता कार्ड प्रदान गर्ने भएको छ।
कोशी एक्सिलेन्स अवार्डका सहभागीलाई सोल्टी वेस्टेन्डको विशेष सुविधा

सुनसरी, चैत ३ : कोशी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचानलाई विश्वमाझ चिनाउने उद्देश्यले नयन मिडिया फाउन्डेसनले आयोजना गर्न लागेको ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ यसपटक अझ भव्य र आकर्षक रूपमा हुने भएको छ।

चैत ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्डमा आयोजना हुने कार्यक्रममा सहभागी हुन रजिस्ट्रेशन गर्ने सबै अतिथिलाई आयोजकको हस्पिटालिटी पार्टनर सोल्टी वेस्टेन्ड होटेलले ‘सोल्टी हेरिटेज क्लब’ को विशेष सदस्यता कार्ड प्रदान गर्ने भएको छ।

यो सदस्यता कार्डमार्फत होटेलका विभिन्न सेवा तथा सुविधामा १० प्रतिशतसम्म छुट पाइने व्यवस्था गरिएको आयोजकले जनाएको छ।

Hardik ivf

नयन मिडिया फाउन्डेसनका प्रमुख कार्यकारी निर्देशक माधव सुवेदीका अनुसार कार्यक्रमलाई अझ सहभागीमैत्री, व्यवस्थित र आकर्षक बनाउन होटेलसँग यस्तो सहकार्य गरिएको हो। उनले सोल्टी वेस्टेन्डसँगको साझेदारीले अवार्ड समारोहलाई थप प्रभावकारी र यादगार बनाउने विश्वास व्यक्त गरे।

यस वर्षको अवार्ड समारोहमा १६ विभिन्न विधामा उत्कृष्ट योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई अवार्ड गरिने आयोजकले जनाएको छ।

कृषि तथा फार्मिङ इनोभेसन, बैङ्किङ तथा फाइनान्सियल सर्भिस, कर्पोरेट बिजनेस लिडरसिप, शिक्षा तथा एकेडेमिक एक्सिलेन्स, स्वास्थ्य तथा मेडिकल केयर, साहित्य तथा आट्र्स एन्ड राइटिङ, मिडिया तथा जर्नालिजम, सामाजिक कार्य, खेलकुद, स्टार्टअप इनोभेसन, प्रविधि, पर्यटन तथा हस्पिटालिटी, अटोमोबाइल, सङ्गीत तथा क्यापिटल मार्केटलगायत क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तित्व तथा संस्थालाई अवार्ड प्रदान गरिनेछ।

कार्यक्रममा १६ विधामा अवार्ड प्रदान गरिने र करिब ५०० भन्दा बढी सहभागी उपस्थित हुने अपेक्षा गरिएको छ। करिब पाँच घण्टासम्म चल्ने यो समारोहलाई प्रदेशस्तरकै प्रतिष्ठित कार्यक्रमका रूपमा हेरिएको छ।

कोशी प्रदेशमा नेतृत्व, उद्यमशीलता, नवप्रवर्तन, सामाजिक उत्तरदायित्व तथा दीर्घकालीन योगदान दिने व्यक्ति तथा संस्थालाई पहिचान गरी सम्मान गर्ने उद्देश्यले यो अवार्ड सञ्चालन गरिएको हो।

कार्यक्रममा विभिन्न संघ–संस्थामार्फत विशेष योगदान पु¥याएका कोशी प्रदेशका व्यक्ति तथा संस्थाहरूलाई समेत विशेष सम्मान गरिने जनाइएको छ।

गत वर्ष सम्पन्न पहिलो संस्करणले स्थापित गरेको गरिमा र विश्वासलाई निरन्तरता दिँदै दोस्रो संस्करणलाई अझ प्रभावकारी र सन्देशमूलक बनाउने लक्ष्य आयोजकले लिएको छ।

नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले कार्यक्रमको झन्डै ८० प्रतिशत तयारी पूरा भइसकेको जानकारी दिए। उनका अनुसार विभिन्न सरकारी तथा निजी संस्थासँग सहकार्य गर्दै कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन काम भइरहेको छ।

निर्वाचन आचारसंहिताका कारण कार्यक्रमको मिति सारिए पनि अहिले सबै तयारी अन्तिम चरणमा पुगेको उनले बताए। कोशी एक्सिलेन्स अवार्डको निर्णायक समितिको संयोजकमा संविधानसभा सदस्य पवन शारडा रहेका छन् भने नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारी प्रमुख सल्लाहकार रहेका छन्।

कोशी प्रदेश पर्यटन मन्त्रालय, सामाजिक सुरक्षा कोष तथा इटहरी उपमहानगरपालिकाको विशेष उपस्थितिमा हुने उक्त कार्यक्रम सरकारले अघि बढाइरहेको ‘कोशी पर्यटन वर्ष–२०८२’ को तयारीसँग पनि जोडिएको छ।

अवार्ड कार्यक्रमले प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचान प्रवर्द्धन नमा महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ। आयोजक संस्थाका अनुसार कार्यक्रमले व्यापारसँगै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउनेछ भने कोशी प्रदेशको पर्यटनलाई राष्ट्रिय स्तरमै चिनाउने लक्ष्य राखिएको छ।

कार्यक्रमको अर्को विशेष आकर्षण भनेको यसको प्रत्यक्ष प्रसारण हो। अवार्ड समारोह कान्तिपुर टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुने भएकाले कोशी प्रदेशका उपलब्धि र सम्भावनाहरू देशभर फैलिने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार कोशी प्रदेशको गौरव, प्रगति र सम्भावनालाई उजागर गर्ने यो उत्सवमा सहभागी हुन क्यूआर कोडको व्यवस्था गरिएको छ भने विशेष परिस्थितिमा तत्कालै अतिथिहरूले रजिस्ट्रेशन गर्न सक्नेछन्।

सोल्टी वेस्टेन्ड होटेलको विशेष अफरसहितको यस अवार्ड समारोहले सहभागीलाई सम्मानका साथै लक्जरी आतिथ्य अनुभवसमेत प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।
 

प्रकाशित मिति: १०:५३ बजे, मंगलबार, चैत ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्