Kathmandu Press

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

सर्लाही, चैत २ : सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

जिल्लाको कविलासी नगरपालिका–८ कविलासीस्थित सडकमा म.प्र.०२–००६ प ७०७ नम्बरको मोटरसाइकलले साइकलमा सवार स्थानीय ६५ वर्षीय राम नरेश महतोलाई ठक्कर दिएको हो।

Hardik ivf

दुर्घटनामा गम्भीर घाइते भएका महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना पनि घाइते भएका छन्। उनीहरूको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: १३:४६ बजे, सोमबार, चैत २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्