Kathmandu Press

दुबई विमानस्थलमा नजिकै ड्रोन आक्रमण, उडान अवरुद्ध 

नयाँ सूचना जारी नहुँदासम्मका लागि सबै उडान स्थगित गरिएको युएइको सरकारी विमान कम्पनी इमिरेट्स एयरलाइन्सले जनाएको छ। 
दुबई विमानस्थलमा नजिकै ड्रोन आक्रमण, उडान अवरुद्ध 

अबुधाबी, चैत २ : युएइको दुबई विमानस्थल नजिकै इरानले ड्रोन आक्रमण गरेको छ। 

विमानस्थल नजिकैको इन्धन भण्डारण ट्यांकमा ड्रोन प्रहारपछि आगो लागेको थियो। त्यसपछि विमानस्थलको उडान अवरुद्ध भएको छ। 

Hardik ivf

आगलागी नियन्त्रणमा आइसकेको स्थानीय अधिकारीहरुले बताएका छन्। घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ। 

नयाँ सूचना जारी नहुँदासम्मका लागि सबै उडान स्थगित गरिएको युएइको सरकारी विमान कम्पनी इमिरेट्स एयरलाइन्सले जनाएको छ। सम्बन्धित अधिकारीहरुसँग सुरक्षा अवस्थाबारे निरन्तर संवादमा रहेको पनि कम्पनीले जनाएको छ ।

अमेरिका–इजरायल र इरानबीचको युद्ध तेस्रो सातामा प्रवेश गर्दा खाडीसहित धेरै देशमा हवाई सेवा प्रभावित भएको छ। अमेरिकी आक्रमणको जवाफमा इरानले खाडी राष्ट्रमा रहेका पूर्वाधारमा प्रत्याक्रमण गरिरहेको छ। 

प्रकाशित मिति: १३:४० बजे, सोमबार, चैत २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्