Kathmandu Press

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

‘म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छु– म संसदीय राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन।’
संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

काठमाडौं, चैत २ : जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन्।

उनले  ‘संघर्षको राजनीति’ भने जारी राख्ने उल्लेख गरेका छन्। पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्वमा रहने पनि बताएका छन्।

Hardik ivf

‘संसदीय राजनीतिबाट सन्यास लिने, संघर्षको राजनीति जारी राख्ने। पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छु– म संसदीय राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन।’

अध्यक्ष राउतले राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेण्डालाई निरन्तर अगाडि बढाउँदै जनताको लागि निरन्तर संघर्ष गर्ने बताएका छन्।

सिके राउत नेतृत्वको जनमत पार्टी २०७९ सालको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनबाट उदाएको थियो। अघिल्लो पटक ५ सिटसहित संघीय संसदमा पुगेको जनमत पार्टीले यो पटक भने एकै सिट पनि जित्न सकेन। 

अध्यक्ष राउतले अब संसदीय राजनीतिबाट टाढा रहने तर पार्टीलाई आगामी निर्वाचनका लागि तयार गर्नमा लाग्ने बताएका छन्। उनले लेखेका छन्, ‘जनमत पार्टीलाई आउँदो स्थानीय र प्रदेश निर्वाचनका लागि तयारी गराउन प्रतिबद्ध छु।’
 

प्रकाशित मिति: ११:५० बजे, सोमबार, चैत २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्