Kathmandu Press

प्रवल थापाको चुनावी खर्च सवा २३ लाख

थापाले मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ, मतदाता नामावली खरिदका लागि तीन हजार रुपैयाँ, प्रचारप्रसार सामग्री अन्तर्गत सवारी साधन भाडा खर्च तथा इन्धन खर्च, प्रतिबद्धता पत्र, नमुना मतपत्र, भिडिटिङ कार्ड, ब्यानर र झण्डाका लागि एक लाख १२ हजार ६६ रुपैयाँ खर्च गरेका छन् । 
प्रवल थापाको चुनावी खर्च सवा २३ लाख

काठमाडौँ, चैत १ : प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाले निर्वाचन आयोग समक्ष चुनावी खर्च बुझाएका छन्। बिहीबार आयोगमा बुझाएको विवरणमा उहाँले २३ लाख २९ हजार खर्च गरेको उल्लेख छ ।

थापाले मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ, मतदाता नामावली खरिदका लागि तीन हजार रुपैयाँ, प्रचारप्रसार सामग्री अन्तर्गत सवारी साधन भाडा खर्च तथा इन्धन खर्च, प्रतिबद्धता पत्र, नमुना मतपत्र, भिडिटिङ कार्ड, ब्यानर र झण्डाका लागि एक लाख १२ हजार ६६ रुपैयाँ खर्च गरेका छन् । 

साथै विद्युतीय माध्यमबाट प्रचारप्रचारका लागि डिजाइन, फोटो र अडियोका लागि चार लाख ५२ हजार र अध्ययन अनुसन्धान र सामाजिक सञ्जालमा ६ लाख ७८ हजार रुपैयाँ खर्च भएको उल्लेख  छ । 

 विभिन्न बैठक, गोष्ठी तथा कार्यकर्ता परिचालनअन्तर्गत पार्टी बैठकका लागि १ लाख ७४ हजार ७४९,  घरदैलोमा १ लाख ८६ हजार, निर्वाचन र मतगणना अवधिमा कार्यकर्ता परिचालनमा  २ लाख ४८ हजार खर्च गरेका छन् । 

साथै, आठ वटा मोबाइल सेट खरिदमा ९ हजार ६०० रुपैयाँ,  र रिचार्ज कार्डमा ९ हजार रुपैयाँ खर्च भएको छ । खर्च विवरणना स्टेशनरी र विविध शीर्षकमा १ लाख ४४ हजार ४०८ रुपैयाँ गरी कुल  २३ लाख २९ हजार ७५३ रुपैयाँ खर्च गरे । 

प्रकाशित मिति: १७:२५ बजे, आइतबार, चैत १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्