Kathmandu Press

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

सुनसरी, इटहरी उपमहानगरपालिका-२० तरहराबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २३० मिलिग्राम र नगद १६ हजार ७४५ रूपैयाँसहित झापा कनकाई नगरपालिका बस्ने ३० वर्षीय भिम बहादुर तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तरहराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं, चैत १ : काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ४ किलो ३०० ग्रामसहित २ जना भारतीय नागरिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा २९ वर्षीय मुहम्मद राहुफ अरयानथोप र २५ वर्षीया आयशा दिलशा रहेका छन् ।

थाई एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मुहम्मदको साथबाट करिब २ किलो १४० ग्राम र आयशाको साथबाट करिब २ किलो १६० ग्राम गाँजा जस्तो देखिने पदार्थ फेला पारी पक्राउ गरेको हो। उनीहरूलाई थप अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ।

Hardik ivf

सुनसरी, इटहरी उपमहानगरपालिका-२० तरहराबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २३० मिलिग्राम र नगद १६ हजार ७४५ रूपैयाँसहित झापा कनकाई नगरपालिका बस्ने ३० वर्षीय भिम बहादुर तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तरहराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

चितवन, भरतपुर महानगरपालिका-कमलनगरको सब्जीमण्डबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० ग्राम ३७० मिलिग्राम र नगद ३१ हजार ७५ रूपैयाँसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर नगरपालिका-३ कमलनगर डेरा गरी बस्ने सोही महानगरपालिका-१७ घर भएकी २७ वर्षीया आरोही परियार र भरतपुर महानगरपालिका-१६ बस्ने २८ वर्षीय बिशाल भट्ट रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

सप्तरी, तिरहुत गाउँपालिका-२ बडहराबाट लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १०५ किलो ५०० ग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कंचनरूप नगरपालिका-७ सितापुर बस्ने ४३ वर्षीय ओम प्रकाश भन्ने जामुन महतो र २८ वर्षीया कबिता कुमारी माझी रहेका छन्।

इलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले कंचनपुरबाट डिमनतर्फ जाँदै गरेको प्र.२-०१-००१ ह ००२२ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटो भित्र रहेको ४ वटा बोराबाट उक्त परिमाणको पदार्थ फेला पारी अटो चालक जामुन र अटोमा सवार कबिता कुमारीलाई पक्राउ गरेको हो।

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८२० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-८ पिपिरी बस्ने २२ वर्षीय कमल शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतको बलई गाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाट पिपलचौताराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४५० मिलिग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-८ क्याम्पस रोड बस्ने ३५ वर्षीय केशब बिष्ट र डडेल्धुरा आलिताल गाउँपालिका-३ मौरी बस्ने २३ वर्षीय कृष्ण महरा रहेका छन्। इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.७प२२६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

कैलाली, गोदावरी नगरपालिका-११ गौडीबजार बस्ने ३४ वर्षीय लोकेन्द्र कठायतलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६७० मिलिग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले लोकेन्द्रले संचालन गरेको खुद्रा पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले सोही ठाउँ बस्ने १ जनालाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ।

यसैगरी धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३३० मिलिग्रामसहित भारत लखिमपुर खिरी पलिया बस्ने २२ वर्षीय राजन गुप्तालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

पर्सा, वीरगज महानगरपालिका-१४ गण्डक चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५२ हजार ३०० ट्याब्लेटसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा परवानीपुर गाउँपालिका-१ रहरीया डिह बस्ने ४२ वर्षीय राम असिस राउत अहिर र पर्सा बहुदरमाई नगरपालिका-२ सिसियाडी टोल बस्ने ३० वर्षीय सुबास सराफ रहेका छन्। 

प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज २७६५ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा २ वटा बोरामा रहेको उक्त लागूऔषध फेला पारी सुमो चालक राम र सुमोमा सवार सुबासलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १२:५० बजे, आइतबार, चैत १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्