Kathmandu Press

सभापति लामिछाने अस्वस्थ्य हुँदा रास्वपा सचिवालय बैठक ढिलाइ

‘रास्वपाको सचिवालय बैठक आज आव्हान गरिएको छ । बैठक केही प्राविधिक र व्यवहारीक कारणले विलम्व हुने भएको छ,’ उनले भने।
सभापति लामिछाने अस्वस्थ्य हुँदा रास्वपा सचिवालय बैठक ढिलाइ

काठमाडौं, चैत १ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक केही केही ढिला सुरु हुने भएको छ।

आइतबार बिहान बैठक बस्ने भनिए पनि केही प्राविधिक र व्यवहारिक कारणले बैठक बस्न ढिला हुने प्रवक्ता मनिष झाले जानकारी दिए।

Hardik ivf

‘रास्वपाको सचिवालय बैठक आज आव्हान गरिएको छ । बैठक केही प्राविधिक र व्यवहारीक कारणले विलम्व हुने भएको छ,’ उनले भने।

पार्टी सभापति रवि लामिछानेको स्वास्थ्य समस्याका कारण बैठकमा उपस्थित नभई बैठक भर्चुअलरुपमा सहभागि हुने पनि झाले बताए।

‘पार्टी सभापतिको स्वास्थ्य अवस्था अझै पनि सामान्य भइसकेको छैन। तसर्थ उहाँसँग छलफल भइरहेको छ। भर्चुअलरुपमा बैठकमा सहभागि हुने उहाँको बाध्यत्मककारी अवस्था हामीले बुझ्नुपर्ने देखिएको छ। साथै केही सचिवालय सदस्यहरुको पनि निर्वाचनको अभियान र संघर्षपूर्ण समयपश्चात जुन उपलव्धि भएको छ त्यसपछि चिकित्सकहरुको सल्लाहअनुसार उहाँहरुले आराम गर्नुपर्ने बाध्यकारी अवस्था रहेको छ,’ उनले भने।

उनले समानुपातिक सूचीका नामहरु टुङगाएर आज नै निर्वाचन आयोगमा बुझाउने पनि बताए। 

‘केही सूचीहरुको क्रममा आन्तरिक प्रशासनिक प्रक्रिया वा अभ्यासहरु र प्रक्रियागतरुपमा टुङगाएर आज नै निर्वाचन आयोगमा बुझाउने तयारीमा छौं। निर्वाचन आयोगले तोकेको र दिएको समय सीमा भित्र नै रास्वपाले त्यो सूची उपलव्भ गराउने छ,’ उनले भने।

प्रकाशित मिति: १२:४३ बजे, आइतबार, चैत १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्