Kathmandu Press

कतार एयरवेजको दोहा-काठमाडौं-दोहा उडान तालिका सार्वजनिक

कतार एयरवेजले चैत २ र ३ गते दोहा–काठमाडौं उडान गर्ने छ भने चैत ३ र ४ गते काठमाडौं–दोहा उडान गर्ने छ। 
कतार एयरवेजको दोहा-काठमाडौं-दोहा उडान तालिका सार्वजनिक

काठमाडौं, चैत १ : मध्यपूर्व क्षेत्रमा देखिएकाे तनावपछि उडनज बन्द गरेकाे कतार एयरवेजले दोहा–काठमाडौं–दाहाेको उडान तालिका सार्वजनिक गरेकाे छ। 

कतार एयरवेजले चैत २ र ३ गते दोहा–काठमाडौं उडान गर्ने छ भने चैत ३ र ४ गते काठमाडौं–दोहा उडान गर्ने छ। 

नेपालबाट कतार जान चाहने वा दोहा ट्रान्जिट हुँदै अन्य गन्तव्यमा जाने यात्रुहरूले यो उडानको सुविधा लिन सक्ने उसले जनाएकाे छ। 

कतार एयरवेजले काठमाडौंसँगै नयाँदिल्ली, मुम्बई, ढाका, बैंकक, इस्तानबुल, लन्डन, पेरिस लगायतका एसियाली तथा अन्य अन्तर्राष्ट्रिय गन्तव्यहरूमा पनि विशेष उडान गर्दैछ।

एयरलाइन्सले यात्रुहरूलाई आफ्नो उडानबारे पछिल्लो जानकारीका लागि आधिकारिक वेबसाइट, मोबाइल एप वा ट्राभल एजेन्सीमार्फत नियमित रूपमा अद्यावधिक जानकारी लिन आग्रह गरेको छ। 

प्रकाशित मिति: ११:४२ बजे, आइतबार, चैत १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्