Kathmandu Press

इरानीलाई नेपालको ‘अन अराइभल भिसा’ बन्द

विभागका अनुसार सरकारी र कूटनीतिक राहदानी बाहेक इरानी नागरिकले विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएरमात्र नेपाल आउन पाउने छन्।
इरानीलाई नेपालको ‘अन अराइभल भिसा’ बन्द

काठमाडौं, फागुन २९ : नेपालले इरानका नागरिकलाई ‘अन अराइभल भिसा’ नदिने भएको छ।

नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले अन अराइभल भिसा उपलब्ध नगराउने निर्णय भएको अध्यागमन विभागले जनाएको छ।

विभागका अनुसार सरकारी र कूटनीतिक राहदानी बाहेक इरानी नागरिकले विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएरमात्र नेपाल आउन पाउने छन्।

अब नेपालले अनअराइभल भिसा रोक लगाएका मुलुकको सूची १३ पुगेको छ। 

नाइजेरिया, घाना, जिम्बाबे, क्यामरुन, स्वाजिल्यान्ड, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकलाई नेपालले यसअघि नै अन अराइभल भिसा बन्द गरेको थियो।

प्रकाशित मिति: १८:५९ बजे, शुक्रबार, फागुन २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्