Kathmandu Press

धनकुटाको साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बुको निधन

५५ वर्षीय लिम्बू लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए। उनी केही महिनादेखि भारतमै उपचार गराइरहेका थिए।
धनकुटाको साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बुको निधन

धनकुटा, फागुन २९ : धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष टेकप्रसाद लिम्बु निधन भएको छ।

आन्द्राको क्यान्सरबाट पीडित लिम्बूको उपचारका क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको हो। 

५५ वर्षीय लिम्बू लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए। उनी केही महिनादेखि भारतमै उपचार गराइरहेका थिए।

उनी २०७९ को स्थानीय तह निर्वाचनमा  कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए।

लिम्बुको पार्थिव शरीर अन्त्येष्टिका लागि जन्मस्थान धनकुटाको खुवाफोकमा ल्याउने तयारी भइरहेको बताइएको छ। 

प्रकाशित मिति: १५:३९ बजे, शुक्रबार, फागुन २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्