Kathmandu Press

नेपाली खेलाडीहरु धेरै क्षमतावान छन्, लक्ष्य साफ च्याम्पियन बन्ने हो : नवनियुक्त प्रशिक्षक एरेना

उनले नेपाली खेलाडीहरु धेरै क्षमतावान रहेको बताउँदै आफ्नो प्रक्षिणमा उनीहरुलाई अझ उत्कृष्ट बनाउने विश्वास व्यक्त गरे।
नेपाली खेलाडीहरु धेरै क्षमतावान छन्, लक्ष्य साफ च्याम्पियन बन्ने हो : नवनियुक्त प्रशिक्षक एरेना

काठमाडौं, फागुन २९ : नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले नेपाली खेलाडीहरू धेरै क्षमतावान भएको बताएका छन्। 

एन्फा कम्प्लेक्समा भएको  ‘मिट एन्ड ग्रीट’ कार्यक्रममा बोल्दै मुख्य प्रशिक्षक एरेनाले यस्तो बताएका हुन्। 

Hardik ivf

उनले नेपाली खेलाडीहरु धेरै क्षमतावान रहेको बताउँदै आफ्नो प्रक्षिणमा उनीहरुलाई अझ उत्कृष्ट बनाउने विश्वास व्यक्त गरे।

‘म नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुन पाउँदा एकदमै खुसी भएको छु। मेरो लक्ष्य भनेको राष्ट्रिय टिमलाई साफ च्याम्पियनसिप जिताउने नै हो,’ उनले भने, ‘म सन् २०२६ सम्म टिमको जिम्मेवारीमा रहनेछु। विगतका दिनहरूमा भएका कमजोरी र गल्तीलाई नदोहोर्याइकन अघि बढ्नेछु।’

त्यस्तै प्रशिक्षक एरेनाले आफ्नो प्राथमिकता रणनीतिक रूपमा टिममा सुधार ल्याउनमा हुने धारणा राखे।

उनले आफू नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुन पाउँदा खुसी लागेको बताए।

उनले बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाका महासचिव किरण राईबाट नियुक्तिपत्र प्राप्त गरेका थिए। 

उनको प्रशिक्षणमा नेपाली टिमले घरेलु मैदानमा हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने छ। खेल मार्च २६ मा हुने छ।

प्रकाशित मिति: १५:०४ बजे, शुक्रबार, फागुन २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्