Kathmandu Press

के कोरोना ठीक भएपछि फेरि संक्रमण हुँदैन ?

काठमाडौं, जेठ ११ :  पछिल्लो समय कोरोना परीक्षण गराएर नेगेटिभ रिपोर्ट आएपछि मानिसहरुले रोगमुक्त भए झैं सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन्।

....
के कोरोना ठीक भएपछि फेरि संक्रमण हुँदैन ?

काठमाडौं, जेठ ११ :  पछिल्लो समय कोरोना परीक्षण गराएर नेगेटिभ रिपोर्ट आएपछि मानिसहरुले रोगमुक्त भए झैं सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन्।

कोरोना नेगेटिभको रिपोर्ट उनीहरुले आफ्नो खुसी सामाजिक सञ्जालमा मात्रै होइन, आफन्त र साथीभाइसँग पनि साट्ने गरेका छन्। कोरोनाले विश्वभर महामारीको रुपमा लिएर ठूलो संख्यामा मानिसहरुको मृत्यु भइरहेका बेला कोरोनाको रिपोर्ट नेगेटिभ आउनु साँच्चिकै खुसीकै क्षण हो।

तर चिकित्सकहरु कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि पनि पुनः पोजेटिभ आउन सक्ने भन्दै थप सचेतना अपाउनुपर्ने बताउँछन्। कोरोनाको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएकाहरुमा पनि पुनः पोजेटिभ रिपोर्ट आउन सक्ने भन्दै विज्ञहरुले थप सचेतना अपनाउनु पर्ने बताएका छन्।

Hardik ivf

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन जुन समयमा कोरोनाको स्वाब परीक्षण गरेका हुन्छ त्यो समयको मात्रै रिपोर्ट पोजेटिभ वा नेगेटिभ हुने भएकाले सतर्क सधैँ रहिरहनुपर्ने बताउँछन्।

‘पीसीआर टेष्ट जुन समयमा टेष्ट गरिन्छ त्यही समयसम्म मात्र कोरोना संक्रमण नभएको पुष्टि भएको हो,’ पुनले काठमाडौं प्रेससँग भने, ‘परीक्षण सक्काएर बाहिर घुलमिल हुने क्रममा कोरोना संक्रमण सर्न पनि सक्छ। त्यसैले कोरोना पुष्टि भएका वा नभएका र रिपोर्ट नेगेटिभ आएकाले पनि आवश्यक सतर्कता अपनाउनु जरुरी छ।’

कोरोना भाइरस एक पटक देखिएपछि फेरि दोहोरिएर आउँछ कि आउँदैन भन्ने विषयमा अहिले दुवै खालका मत छन्। संक्रमण रोग विषेशज्ञले पुनः आउन सक्ने तर्क पनि गरिरहेका छन् भने केहीले एक पटक लागेपछि एन्टिबडी विकास भएकाले पुनः कोरोना पोजेटिभ नहुने पनि बताएका छन्। यद्यपी यी दुवै तर्कलाई वैज्ञानिक अनुसन्धानले पुष्टि गरिसकेको छैन।

‘सामान्यतया कोरोना संक्रमित भएका मानिसमा शरीरले एक किसिमको एन्टिबडी उत्पादन गरिसकेको हुन्छ। त्यसले फेरि पनि कोरोना संक्रमण भएमा लड्न सक्छ वा सक्दैन भन्ने कुरामा विश्वभरका वैज्ञानिकहरुबीच विवाद छ,’ डा.पुनले भने।

यद्यपी विश्वको तथ्यांकलाई नियाल्ने हो भने धेरै देशमा कोरोना निको भइसकेका  मानिसमा पनि पुनः कोरोना संक्रमण पुष्टि भएका केसहरु पनि छन्। ‘शरीरले उत्पादन गर्ने एन्टिबडी विशेषतः तीन प्रकारको हुन्छ। पहिलो सीमित समयका  लागि मात्र रहन्छ, दोस्रो जीवनभरका लागि त्यसले रोगसँग लड्न सक्छ र तेस्रो एन्टिबडी शरीरमा उत्पादन हुन्छ तर काम भने गर्दैन,’ डा.पुनले भने।

कोरोनाको खोप नबनेसम्म यसको जोखिम रहिरहने चिकित्कसको भनाइ छ। ‘जसरी रुघाखोकी समय–समयमा लागिरहन्छ, कोभिड–१९ पनि भविष्यमा सामान्य रुपमा परिणत हुनसक्ने सम्भावना पनि छ,’ पुनले भने,‘खोपको विकास नभएसम्म संक्रमणबाट ढुक्क हुन सक्ने अवस्था छैन।’

संक्रामक रोग विशेषज्ञ डा. ल्हामो याङ्चेन शेर्पा भने कोरोना संक्रमित निको भइसकेपछि पुनः संक्रमित हुनसक्ने सम्भावना कम रहेको बताउँछिन्। 
 

प्रकाशित मिति: १९:२९ बजे, आइतबार, जेठ ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्