एमाले अध्यक्ष ओलीलाई पितृ शोक
ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो ।
काठमाडौं, फागुन २९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।
ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो ।
उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ । आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।
स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।
प्रकाशित मिति: ०८:११ बजे, शुक्रबार, फागुन २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार