Kathmandu Press

एमाले नेता थापाको निधन

पार्टी बैठकमा आज बोल्ने क्रममा ढल्नुभएका थापालाई उपचारार्थ मणिपाल शिक्षण अस्पताल लगिएको थियो। अस्पतालमा उनलाई मृत घोषणा गरिएको हो।
एमाले नेता थापाको निधन

कास्की, फागुन २८ : नेकपा एमालेका केन्द्रीय सदस्य एवम् कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको निधन भएको छ। 

उनको हृदयघातका कारण निधन भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए। 

Hardik ivf

पार्टी बैठकमा आज बोल्ने क्रममा ढल्नुभएका थापालाई उपचारार्थ मणिपाल शिक्षण अस्पताल लगिएको थियो। अस्पतालमा उनलाई मृत घोषणा गरिएको हो।

थापाले यसअघि २०५४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन पोखरा उपमहानगरको प्रमुख र पछि गण्डकी प्रदेशसभा सदस्यलगायतको जिम्मेवारी सम्हालिसकेका छन्। 

प्रकाशित मिति: १६:४० बजे, बिहीबार, फागुन २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्