Kathmandu Press

औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य पाएका छैनन् : मन्त्री गौतम

उनले औषधि उद्योग र आयुर्वेदिक अनुसन्धानलाई सुदृढ बनाउँदै नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औँल्याएकी छन्।
औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य पाएका छैनन् : मन्त्री गौतम

काठमाडौं, फागुन २७ : स्वास्थ्य तथा जनसंख्या मन्त्री डा। सुधा गौतमले औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य नपाइरहेको बताएकी छन्।

गौतमले औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य नपाइरहेको उल्लेख गर्दै औषधि व्यवस्था विभागलाई थप सशक्त बनाउनुपर्ने बताइन्।

Hardik ivf

उनले विभागको संरचना तथा क्षमतालाई अझ बलियो बनाउन कम्तीमा लेबल ३ वा ४ मा स्तरोन्नति गर्नुपर्ने धारणा राखिन्।

उनले औषधि उद्योग र आयुर्वेदिक अनुसन्धानलाई सुदृढ बनाउँदै नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औँल्याएकी छन्।

उनले नेपालमा पाइने जडीबुटीको ठूलो स्रोत हिमाली क्षेत्रमा रहेको बताउँदै जुम्लास्थित मेडिकल कलेज तथा अनुसन्धान संस्थानहरूमा आयुर्वेदिक क्षेत्रमा अनुसन्धान र खोजलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याइन्।

मन्त्रीका अनुसार हाल नेपालका अधिकांश औषधि उद्योग र प्रयोगशालाहरू बारा, पर्सा र गण्डकी प्रदेशमा केन्द्रित छन्। अब आयुर्वेदिक औषधि उत्पादनलाई पश्चिम, सुदूरपश्चिम र कर्णाली प्रदेशतर्फ विस्तार गर्नुपर्ने उनको भनाइ छ।

उनले आधुनिक तथा आयुर्वेदिक दुवै प्रकारका औषधि उत्पादन नेपालमै विस्तार गर्ने दीर्घकालीन योजना रहेको पनि बताइन्।

मन्त्री गौतमले नेपाललाई औषधि उत्पादन र जडीबुटी अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने सम्भावना रहेको उल्लेख गर्दै भविष्यमा देशलाई औषधिमा आत्मनिर्भर बनाउने आफ्नो लक्ष्य रहेको बताइन्।

प्रकाशित मिति: १३:१९ बजे, बिहीबार, फागुन २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्