Kathmandu Press

कर्णालीका ८ निर्वाचन क्षेत्रमा रास्वपाको जमानत जफत

सुर्खेत १ मा रास्वपाका टेकबहादुर सिंह र दैलेख १ मा नन्द किशोर बस्नेत तेस्रो हुँदा बाँकी आठ निर्वाचन क्षेत्रमा धरौटी जोगाउन सकेनन्।
कर्णालीका ८ निर्वाचन क्षेत्रमा रास्वपाको जमानत जफत

सुर्खेत, फागुन २७ : प्रतिनिधिसभा निर्वाचनमा देशभर रास्वपाको लहर चलिरहँदा कर्णालीका अधिकांश निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारले धरौटी समेत बचाउन सकेनन्।

१२ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको रास्वपाले १२ निर्वाचन क्षेत्रमध्ये चार निर्वाचन क्षेत्रमा मात्र धरौटी जोगाएका छन्। यद्यपि समानुपातिकमा रास्वपा कर्णालीमा दोस्रो ठुलो दल बनेको छ।

सुर्खेत निर्वाचन क्षेत्र नं। २ मा विजयी निकालेको रास्वपाले सुर्खेत २ र दैलेख १ र सल्यानमा मात्र धरौटी जोगाएको छ। बाँकी सबै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारको धरौटी जफत भएको छ। सुर्खेत २ मा रास्वपाका रमेश कुमार सापकोटा विजयी हुँदा सल्यानमा ललितबहादुर चन्द्र दोस्रो भए।

सुर्खेत १ मा रास्वपाका टेकबहादुर सिंह र दैलेख १ मा नन्द किशोर बस्नेत तेस्रो हुँदा बाँकी आठ निर्वाचन क्षेत्रमा धरौटी जोगाउन सकेनन्।

जुम्लामा विनीता कठायतले ४२१, हुम्लामा टासी ल्हान्जोमले एक हजार ६४, डोल्पामा देवसिंह ऐडीले १८१, मुगुमा भुवन टमट्टाले ५३०, कालिकोटमा प्रकाश न्यौपानेले तीन हजार १०१, दैलेख १ मा बखतबहादुर शाहीले छ हजार ७९७, रुकुम पश्चिममा मानबहादुर शाहीले चार हजार ७६ र जाजरकोटमा राधव कार्कीले दुई हजार ४७१ मत प्राप्त गरे 

यी सबै निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवारले जमानत जफत गराएका छन्।

प्रकाशित मिति: १८:१८ बजे, बुधबार, फागुन २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्