Kathmandu Press

‘पुराना राजनीतिक दलप्रति जनतामा असन्तुष्टी देखियाे’

सांसद ललितजंग शाहीले पुराना दलहरूले कुनै काम नगरेको भन्ने कुरा सही नभए पनि जनअपेक्षा अनुसार विकासको गति हासिल गर्न नसकेको वास्तविकता रहेको बताए।
‘पुराना राजनीतिक दलप्रति जनतामा असन्तुष्टी देखियाे’

काठमाडौं, फागुन २७  : नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसदहरूबीच अन्तरक्रिया भएको छ।

कांग्रेस संसदीय दलले आज पार्टीका राष्ट्रिय सभाका वहालवाला सांसद र नवनिर्वाचित सांसदहरूबीच परिचयात्मक तथा अन्तर्क्रिया कार्यक्रम गरेको हो।

Hardik ivf

उक्त अन्तर्क्रिया कार्यक्रम परिचयात्मक तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै सांसद ललितजंग शाहीले पुराना राजनीतिक दलप्रति जनतामा असन्तुष्टि रहेको बताएका छन्।

उनले पुराना दलहरूले कुनै काम नगरेको भन्ने कुरा सही नभए पनि जनअपेक्षा अनुसार विकासको गति हासिल गर्न नसकेको वास्तविकता रहेको बताए। उनले शिक्षा, स्वास्थ्य, यातायात र सञ्चारजस्ता क्षेत्रमा उल्लेखनीय काम भए पनि अपेक्षित स्तरमा परिवर्तन आउन नसकेको बताए।

‘पुरानो पार्टीहरुसँग नेपाली जनता त्यति सन्तुष्ट छैनन्। असन्तुष्टिको भाव व्यक्त गरेर अहिले प्रतिनिधिसभाको नतिजा आएको छ। पुरानो दलले केही काम गरेको छैनन् भन्न त मिल्दैन। शिक्षा, स्वास्थ्य, यातायात, सञ्चारको क्षेत्रमा प्रशस्त काम भएका छन्। तर एउटा कुरा सत्य के हो भने जति हुनुपथ्र्यो जनअपेक्षा बमोजिम त्यो हुन सकेन। छलाङ अर्थात फड्को मार्न सकेनन्,’ उनले भने।

उनले अहिले देखिएको प्रतिनिधिसभाको नतिजाले पनि जनताको असन्तुष्टिको भावना स्पष्ट रूपमा व्यक्त गरेको बताए। माघ १२ गते राष्ट्रिय सभाको १८ पदका लागि चुनाव भएको थियो। 

नेपाली कांग्रेसका ९ जना निर्वाचित भएका थिए । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज अन्तक्र्रिया भएको हो। कार्यक्रममा पार्टीका राष्ट्रिय सभा दलका नेता कृष्णप्रसाद सिटौलालगायत उपस्थित थिए। राष्ट्रिय सभामा कांग्रेसका २४ जना सदस्य छन्।

प्रकाशित मिति: १६:२५ बजे, बुधबार, फागुन २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्