रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चमा आइतबारदेखि नियमित सुनुवाइ हुने
न्यायाधीशहरू सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइका लागि पेश गर्न आज आदेश दिएको हो।
काठमाडौं, फागुन २७ : रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आइतबारदेखि सुनुवाइ हुने भएको छ।
न्यायाधीशहरू सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइका लागि पेश गर्न आज आदेश दिएको हो। पूर्ण इजलाशमा सुनुवाइ सुरु भएको दुई–तीन दिनमै निर्णय आउनेछ।
महान्यायाधिवक्ता सविना भण्डारी बरालले रविविरुद्ध पेश भएको आरोपपत्र संशोधन गर्ने र त्यसक्रममा संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सरकारी वकिलहरूलाई निर्देशन दिएकी थिइन्।
त्यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका थिए।
प्रकाशित मिति: १५:०३ बजे, बुधबार, फागुन २७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












