Kathmandu Press

समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपाको मत ५१ लाख ३६ हजार भन्दाबढी

निर्वाचन आयोगको अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५१ लाख ३६ हजार ६७४ मत पाएको छ।
समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपाको मत ५१ लाख ३६ हजार भन्दाबढी

काठमाडौं, फागुन २ : प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना हालसम्म एक करोड सात लाख ३० हजार बढी भएको छ।

निर्वाचन आयोगको अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५१ लाख ३६ हजार ६७४ मत पाएको छ।

Hardik ivf

नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३३६ मत पाएको छ भने नेकपा एमालेले १४ लाख ४८ हजार ४१२ मत प्राप्त गरेको छ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टीले आठ लाख चार हजार १७१, श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६४९ र राप्रपाले ३ लाख २९ हजार ४७२ मत पाएको छ। 

प्रकाशित मिति: ११:४९ बजे, बुधबार, फागुन २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्