Kathmandu Press

रवि लामिछानेकोे चुनावि खर्च ९ लाख ८९ हजार

चितवन–२ बाट उम्मेदवारी दिएका लामिछानेले चुनावमा ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्।
रवि लामिछानेकोे चुनावि खर्च ९ लाख ८९ हजार

काठमाडौं, फागुन २७ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावमा ९ लाख ८९ लाख हजार रुपैयाँ खर्च गरेका छन्।

चितवन–२ बाट उम्मेदवारी दिएका लामिछानेले चुनावमा ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्।

उम्मेद्वारी मनोनयन दर्ता खर्च १० हजार रुपैयाँ, नमुना मतपत्र छपाई ६८ हजार १६१ रुपैयाँ, हवाई खर्च १३ हजार ६२६ रुपैयाँ र गोष्ठी भेला एक लाख ८० हजार रुपैयाँ रहेको लामिछानेले निर्वाचन आयोगमा बुझाएको विवरणमा उल्लेख छ।

प्रकाशित मिति: १०:४१ बजे, बुधबार, फागुन २७, २०८२