Kathmandu Press

समाजमा महिला र पुरुषबीचको खाडल पुर्न जरुरी छ : न्यायाधीश मल्ल

‘नारी दिवस मनाउनुपर्ने एउटा बाध्यता के छ भने आर्थिक क्षेत्रमा खाडल छ। सामाजिक र राजनीतिमा खाडल छ र कानुनी क्षेत्रमा पनि खाडल छ। त्यो खाडललाई पुर्नुपर्ने आवश्यकता छ। अर्थपूर्ण सहभागिताको सुनिश्चितताको पनि आवश्यक छ,’ उनले भनिन्।
समाजमा महिला र पुरुषबीचको खाडल पुर्न जरुरी छ : न्यायाधीश मल्ल

काठमाडौं, फागुन २१ : सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले महिलाहरुको अर्थपूर्ण सहभागिताको सुनिश्चितता आजको आवश्यकता रहेको बताएकी छिन्।

मंगलबार अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अझैपनि आर्थिक, सामाजिक, राजनीतिक र कानुनी क्षेत्रमा महिला र पुरुषबीचको खाडल रहेको बताउँदै त्यो खाडललाई पुर्न आवश्यक रहेको बताइन्।

Hardik ivf

‘नारी दिवस मनाउनुपर्ने एउटा बाध्यता के छ भने आर्थिक क्षेत्रमा खाडल छ। सामाजिक र राजनीतिमा खाडल छ र कानुनी क्षेत्रमा पनि खाडल छ। त्यो खाडललाई पुर्नुपर्ने आवश्यकता छ। अर्थपूर्ण सहभागिताको सुनिश्चितताको पनि आवश्यक छ,’ उनले भनिन्।

त्यस्तै उनले महिला न्यायाधीश भएकै कारणले अझैपनि अन्याय र अर्थपूर्ण सहभागिताको अभाव र फरक चुनौती भोग्नुपर्ने अवस्था रहेको धारणा राखिन्।

‘महिला न्यायाधीश भएकै कारणले अझैपनि अन्याय र अर्थपूर्ण सहभागिताको अभाव महिला न्यायाधीश भएकै कारणले फरक चुनौती भोगेको कारण संयुक्त राष्ट्र संघले नै महिला न्यायाधीश दिवस मनाउने अभ्यास सुरु गर्यो। अन्याय र फरक आवश्यकताको प्रणाली स्थापनाको लागि पनि यो दिवस मनाउनुपर्छ,’ उनले भनिन्।

आउने भावी रणनीतिहरु लैङ्गीकमैत्री स्थल कसरी बनाउने भन्ने विषय जोड दिनुपर्ने उनको भनाई छ ।

प्रकाशित मिति: १६:५८ बजे, मंगलबार, फागुन २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्