Kathmandu Press

नाफा बुकिङपछि नेप्सेमा सामान्य करेक्सन, कारोबार साढे ७ महिनायताकै उच्च

नाफा बुक गर्ने लगानीकर्ता र चुनावअघि खरिद गर्ने अवसर गुमाएकाहरूको आक्रामक खरिदारीका कारण बजारमा २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन साढे सात महिनायताकै उच्च हो।
नाफा बुकिङपछि नेप्सेमा सामान्य करेक्सन, कारोबार साढे ७ महिनायताकै उच्च

काठमाडौं, फागुन २६ : अघिल्लो दिन सर्किट ब्रेक लागेर उकालो लागेको सेयर बजारमा मंगलबार सामान्य करेक्सन देखिएको छ।

नाफा बुक गर्ने लगानीकर्ता र चुनावअघि खरिद गर्ने अवसर गुमाएकाहरूको आक्रामक खरिदारीका कारण बजारमा २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन साढे सात महिनायताकै उच्च हो।

Hardik ivf

मंगलबार नेप्से परिसूचक ३२.०८ अंक (१.११ प्रतिशत) घटेर २८४३ अंकमा कायम भएको छ। सोमबार भने बजार ६ प्रतिशत बढ्दै तीन पटक सकारात्मक सर्किट ब्रेक लागेपछि कारोबार स्थगित भएको थियो। त्यसदिन जम्मा ५५ करोड रुपैयाँको मात्रै कारोबार भएको थियो।

मंगलबार ३२९ कम्पनीका ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता सेयर २ लाख ५ हजार ६११ कारोबारबाट किनबेच भएका छन्। कारोबारमा आएका कम्पनीमध्ये ७८ को मूल्य बढ्दा १७८ कम्पनीको घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर अग्रस्थानमा रह्यो। यस कम्पनीको १ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो। आँखुखोला जलविद्युत्, अपी पावर, रिडी पावर र शिवम् सिमेन्ट पनि उच्च कारोबार हुने कम्पनीमा परे।

यस दिन रिलायन्स स्पिनिङ मिल्स र साल्पा विकास बैंकको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदै अपर सर्किट लागेको छ भने थ्रीस्टार हाइड्रोपावर, कालिका पावर र लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य पनि उल्लेख्य बढ्यो।

यता हिमस्टार ऊर्जाको सेयर मूल्य सबैभन्दा धेरै ६.३६ प्रतिशतले घटेको छ। बजार विश्लेषकहरूका अनुसार अघिल्लो दिनको तीव्र वृद्धिपछि आएको यस्तो करेक्सनलाई सामान्य मान्न सकिन्छ।

प्रकाशित मिति: १६:२२ बजे, मंगलबार, फागुन २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्