Kathmandu Press

समानुपातिकमा रास्वपाले कटायाे ५० लाख मत 

रास्वपाले ५० लाख १५ हजार ५१० मत प्राप्त गरेको छ। पछिल्ला निर्वाचनहरुमा ५० लाख मत कुनैपनि दलले प्राप्त गर्न सकेका थिएनन्। ५० लाख मत कटाएर रास्वपाले नयाँ रेकर्ड गरेको छ।
समानुपातिकमा रास्वपाले कटायाे ५० लाख मत 

काठमाडौं, फागुन २६ : प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल १ करोड ४ लाख १९ हजार २३४ मत गणना भएको छ।

निर्वाचन आयोगका अनुसार मंगलबार बिहान ११ः४५ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ।

रास्वपाले ५० लाख १५ हजार ५१० मत प्राप्त गरेको छ। पछिल्ला निर्वाचनहरुमा ५० लाख मत कुनैपनि दलले प्राप्त गर्न सकेका थिएनन्। ५० लाख मत कटाएर रास्वपाले नयाँ रेकर्ड गरेको छ।

यस्तै, दाेस्राे स्थानमा रहेकाे नेपाली कांग्रेसले १६ लाख ९५ हजार ३९८ मत ल्याउँदा तेस्राे स्थानमा रहेकाे नेकपा एमालेले १४ लाख १३ हजार १६७ मत प्राप्त गरेकाे छ।

नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ६८ हजार ५६२, श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४८६ र राप्रपाले ३ लाख २५ हजार ३९१ मत प्राप्त गरेकाे छ। 

जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय परिवर्तन पार्टी १ लाख ५० हजार मत प्राप्त गरेपनि उनीहरूले थ्रेस हाेल्ड कटाउन सक्ने देखिँदैन।


 

प्रकाशित मिति: ११:४९ बजे, मंगलबार, फागुन २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्