Kathmandu Press

नेप्सेमा लगातार दोस्रो सकासात्मक सर्किट, ४० मिनेटका लागि कारोबार बन्द

चुनावी परिणामले राजनीतिक स्थिरता आउने अपेक्षा बढेपछि सोमबार खुलेको बजारमा नेप्से परिसूचकमा तीव्र उछाल देखिँदै लगातार दोस्रो सर्किट लागेको छ।
नेप्सेमा लगातार दोस्रो सकासात्मक सर्किट, ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौं, फागुन २५ : प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को परिणामपछि शेयर बजारमा लगानीकर्ताको मनोबल उल्लेख्य रूपमा बढेको छ। 

चुनावी परिणामले राजनीतिक स्थिरता आउने अपेक्षा बढेपछि सोमबार खुलेको बजारमा नेप्से परिसूचकमा तीव्र उछाल देखिँदै लगातार दोस्रो सर्किट लागेको छ।

Hardik ivf

सोमबार बजार खुलेको एक मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्दै २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो। त्यसपछि पुनः खुलेको बजारमा पनि उछालको गति उस्तै रह्यो र फेरि एक मिनेटमै थप १ प्रतिशत विन्दू बढ्दै कुल ५ प्रतिशत पुगेपछि दोस्रो सर्किट ब्रेक लाग्दै ४० मिनेटका लागि कारोबार रोकिएको हो।

पहिलो सर्किटपछि खुलेको बजारमा नेप्से परिसूचक ५ प्रतिशत अर्थात १३५.७२ अंकले बढेर २८४८.२२ विन्दूमा पुगेको छ। 

अब ४० मिनेटपछि खुल्ने बजारमा नेप्से थप १ प्रतिशत विन्दू अर्थात कुल ६ प्रतिशतसम्म बढेमा सोमबारका लागि कारोबार पूर्ण रूपमा बन्द हुने नेपाल स्टक एक्सचेन्जको नियम रहेको छ।

प्रकाशित मिति: १२:०९ बजे, सोमबार, फागुन २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्