समानुपातिकतर्फ ७९ लाख मतगणना गर्दा रास्वपालाई मात्रै ३८ लाख बढी मत
बिहान ७ः५० बजेसम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ । रास्वपाले ३८ लाख २२ हजार ६३२ मत प्राप्त गरेको छ ।
काठमाडौं, फागुन २५ : प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७९ लाख १० हजार ४०८ मत गणना भएको छ ।
बिहान ७ः५० बजेसम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ । रास्वपाले ३८ लाख २२ हजार ६३२ मत प्राप्त गरेको छ ।
त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १२ लाख ८९ हजार ४४८, नेकपा एमलेले १० लाख ८९ हजार ४४९, नेपाली कम्युनिस्ट पार्टीले पाँच लाख ६२ हजार ९१४ मत प्राप्त गरेको छ ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६७ हजार ३०४ र श्रम संस्कृति पार्टीले दुइ लाख ६२ हजार ६६० मत प्राप्त गरेको छ ।
प्रकाशित मिति: ०८:४२ बजे, सोमबार, फागुन २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार