Kathmandu Press

सुनसरी १ मा हर्क साम्पाङ विजयी

हर्कले ३५ हजार ७४१ मत ल्याएर विजयी भएका हुन्। निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन्।
सुनसरी १ मा हर्क साम्पाङ विजयी

सुनसरी, फागुन २४ : प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सुनसरी १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन्।

हर्कले ३५ हजार ७४१ मत ल्याएर विजयी भएका हुन्। निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन्।

नेकपा एमालेका टिकाराम लिम्बूले ६ हजार ४६३ मत ल्याएका छन्।

योसँगै श्रम संस्कृति पार्टीले दुई सिट जितेको छ। यसअघि खोटाङबाट आरेन राईले जितेका थिए।

प्रकाशित मिति: १४:४४ बजे, आइतबार, फागुन २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्