Kathmandu Press

ललितपुर–२ मा जितेपछि जगदीश खरेलले भने- यो सिंगो ललितपुरको जित हो

‘सम्पूर्ण जनताहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। यो जित ललितपुर क्षेत्र नम्बर २ को मात्र होइन, समग्र ललितपुरको जित हो। हामीले यसलाई देश र जनताको जितका रूपमा लिएका छौँ, पार्टीको मात्रै जितका रूपमा होइन,’ खरेलले भने।
ललितपुर–२ मा जितेपछि जगदीश खरेलले भने- यो सिंगो ललितपुरको जित हो

ललितपुर, फागुन २४ : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल विजयी भएका छन्।
आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार खरेल ३९ हजार ४ सय ९१ मत प्राप्त गर्दै विजयी भएका हुन्।

विजयपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन्। उनले यो जित ललितपुर–२ मात्र नभई समग्र ललितपुर र देशकै जित भएको बताए।

Hardik ivf

‘सम्पूर्ण जनताहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। यो जित ललितपुर क्षेत्र नम्बर २ को मात्र होइन, समग्र ललितपुरको जित हो। हामीले यसलाई देश र जनताको जितका रूपमा लिएका छौँ, पार्टीको मात्रै जितका रूपमा होइन,’ खरेलले भने।

उनले अब देश निर्माण र विकासको अभियानलाई अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे। खरेलले पार्टी सभापति रवि लामिछाने तथा वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका रूपमा उल्लेख गरिएका बालेन शाहको नेतृत्वमा देशलाई विकास र समृद्धिको बाटोतर्फ अघि बढाउने अभियान जारी रहने बताए।

‘अब हामीले देश बनाउनुपर्छ। यो अभियानमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा हामी सम्पूर्ण रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी, देश र जनता अब विकास र समृद्धिको बाटोमा अगाडि बढेका छौं । यसमा साथ दिनु भएकोमा सम्पूर्णमा धन्यवाद छ,’ उनले भने।

उनले निर्वाचनमा साथ र समर्थन गर्ने सम्पूर्ण मतदाताप्रति पुनः धन्यवाद व्यक्त गरे।

प्रकाशित मिति: १४:०२ बजे, आइतबार, फागुन २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्