Kathmandu Press

बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी

मुख्य निर्वाचन अधिकृतको कार्यालयको अन्तिम मत परिणाम अनुसार कांग्रेसका गिरीले १७ हजार १ सय ७३ मत प्राप्त गरेका हुन् । त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थापाले १६ हजार ६ सय ३३ मत प्राप्त गरेका हुन्।
बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी

बाजुरा, फागुन २४ : बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनले एमालेका लाल बहादुर थापालाई ५४० मतले पराजित गर्दै विजयी भएका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको अन्तिम मत परिणाम अनुसार कांग्रेसका गिरीले १७ हजार १ सय ७३ मत प्राप्त गरेका हुन् । त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थापाले १६ हजार ६ सय ३३ मत प्राप्त गरेका हुन्।

Hardik ivf

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ६ हजार ३५ प्राप्त गरेका छन् भने नेकपाका प्रकाश बहादुर शाहले ३ हजार ४ सय २४ प्राप्त गरेका छन्।

त्यस्तै क्रमश स्केशर शाहीले हलो चिन्हमा ३ सय ५२, दिपक डिसिले आँखा चिन्हमा ९७, भुपेन्द्र विकले गुलाफ चिन्हमा ३३३ र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले चरोमा ७२ मत पाएका छन्।

विजयी गिरी नेपाल सरकारका पूर्व भुमिसुधार सहायक मन्त्री समेत हुन्। बाजुराका ८७ हजार ८६१ मतदातामध्ये ४२ हजार ६५ मत खसको थियो। एक निर्वाचन क्षेत्र रहेको बाजुरामा सात राजनीतिक दल र एक स्वतन्त्र गरी आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए।

बाजुरामा यो निर्वाचन ऐतिहासिक नमुना मतदान समेत भएको थियो । बाजुरामा ७७ मतदान स्थलका ११८ मतदान केन्द्र र १ अस्थायी मतदान केन्द्र थिए। प्रत्यक्षतर्फको मतगणना सम्पन्न पश्चात् समानुपातिक तर्फका मतगणना गरिने मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिए।

प्रकाशित मिति: १२:२२ बजे, आइतबार, फागुन २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्