इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचायले १४ हजार ६५० मत प्राप्त गरेका छन् भने श्रम सँस्कृति पार्टीका सुदीप राईले १४ हजार ४०० पाएका छन्।
इलाम, फागुन २४ : इलाम क्षेत्र नम्बर २ मा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन्। नेम्बाङ २२ हजार ४२६ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचायले १४ हजार ६५० मत प्राप्त गरेका छन् भने श्रम सँस्कृति पार्टीका सुदीप राईले १४ हजार ४०० पाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राई ७ हजार ८१४ र नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङ ११७२ मत पाए।
प्रकाशित मिति: ११:२५ बजे, आइतबार, फागुन २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार